अष्ट्रेलियामा ६ म्याग्निच्यूडको भूकम्प

मानवीय क्षति छैन

भूकम्पपछि शहरमा रहेका ठूला भवन र अस्पतालमा रहेका मानिसलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। शहरका केही भागमा ट्रली बस सञ्चालनमा समेत रोक लगाइएको बताइएको छ।

नेपालभ्युज

अष्ट्रेलियामा ६ म्याग्निच्यूडको भूकम्प
फाइल तश्वीर

एजेन्सी। अष्ट्रेलियाको मेलबर्न र दक्षिणपूर्वी क्षेत्रमा ६ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार बुधबार बिहान ९ः१५ मा भूकम्प मापन गरिएको बताइएको छ।
समाजिक सञ्जालमा पाइएका भिडियोलाई आधार मान्ने हो भने भूकम्पले केही भवनमा असर पुगेको देखिए पनि मानवीय क्षति भने भएको छैन।

मेलबर्न र दक्षिणपूर्वी क्षेत्रसँगै दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्स क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको बताइएको छ। सम्बन्धित स्थानका स्थानीय अधिकारीहरुले प्रकाकम्पन आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेका छन्।

“तपाई भिक्टोरिया क्षेत्र र आसपासमा हुनुहुन्छ भने प्रराकम्पनको जोखिममा हुनुहुन्छ। त्यसैले क्षतिग्रस्त भवनबाट टाढा बस्नुहोस्। अत्यावश्यक नपर्दासम्म सवारी साधन नचलाउनुहोस्”, स्थानिय अधिकारीहरुले सर्कुलर जारी गरेका छन्।
समाजिक सञ्जालमा मानिसहरुले क्षतिग्रस्त भवन र मेलबर्नको तस्वीर पोस्ट गरेका देखिन्छ।

भूकम्पपछि शहरमा रहेका ठूला भवन र अस्पतालमा रहेका मानिसलाई उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। शहरका केही भागमा ट्रली बस सञ्चालनमा समेत रोक लगाइएको बताइएको छ।
साउथ अष्ट्रेलियाका एक संघीय सांसद माइकल म्याककोरम्याकले भूकम्पका क्रममा जमिन अध्यधिक हल्लिएको बताएका छन्।

अष्ट्रेलियन ब्रोडकाष्ट कर्पोरेशनले आफ्नो एक कार्यक्रम सञ्चालकले खाजा खाँदै गर्दा आएको भूकम्पमा जनाएको प्रतिक्रिया पोस्ट गरेको छ।
“यो भूकम्प थियो कि अरु नै केही?”, कार्यक्रम प्रस्तोता मिचेल रोल्याण्डले आफ्नो निर्मातासँग सोधेको अवाज त्यस भिडियोमा सुन्न सकिन्छ।

ठूला प्रकारका भूकम्पलाई अष्ट्रेलियामा असामान्य मानिन्छ। अष्ट्रेलिया महाद्विप एक टेक्टोनिक प्लेटमा अवस्थित हुँदा पनि ठूला भूकम्पलाई असामान्य मानिएको हो।
पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा आएको यो सबैभन्दा ठूलो भूकम्प भएको समाचारमा जनाइएको छ।

मेलबर्न अष्ट्रेलियाको दोस्रो ठूलो शहर हो, जहाँ करीब ५ मिलियन मानिसको बसोबास रहेको छ। कोरोना महामारीका कारण शहरमा हाल लकडाउन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved