पहिरोमा पुरिएर एकै घरका तीन जनाको निधन

पहिरोमा पुरिएर खानिगाउँ थुम्का लाइनका तिलक परियारका छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षकै जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नेपालभ्युज

पहिरोमा पुरिएर एकै घरका तीन जनाको निधन
सांकेतिक तस्वीर

काठमाडौं। गुल्मीमा पहिरोमा पुरिएर एकै घरका तीन महिलाको निधन भएको छ। गएराति रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ थुम्का लाइनमा पहिरोमा पुरिएर एकै घरका तीन जनाको निधन भएको हो।

अविरल वर्षासँगैको पहिरोमा पुरिएर खानिगाउँ थुम्का लाइनका तिलक परियारका छोरीहरु २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षकै जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

राति करिब दुई बजे पहिरोले तीन जना पुरिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। पहिरोले पुरिएको सूचना आएपछि २५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको हो।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा तीन जनाकै शव बुधबार बिहान ५ बजे अघि नै निकालिएको प्रहरीले जनाएको छ। पहिरोले पुरिएको स्थानबाट निकालिएको शवलाई गुल्मी अस्पताल तम्घास लगिएको प्रहरीले जनाएको छ ।

६ सदस्यीय परियारको परिवारमा उनीसहित उनकी श्रीमती र एक छोरी भने सकुशल रहेका छन्। घर माथिबाट आएको पहिरोमा परियारको पक्की घर पुरिएपछि बीच कोठामा सुतेका उनका तीन छारीहरुको निधन भएको देखिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved