मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै 

आलोचना बढ्दै जाँदा गठबन्धनलाई छ्ट्टिै मन्त्रीपरिषद् विस्तार गर्न दबाब  छ। तर गठबन्धनका दलबिच मन्त्रालय भागबन्डा, दलहरूमा मन्त्रीको आकांक्षी बढी हुनुले विस्तार हुन सकेको छैन ।

नेपालभ्युज

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तागठबन्धनको बैठक बस्दै 

मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धन दलको बैठक बस्दै छ ।  मन्त्रिपरिषद् बैठकसकिएपछि सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने जनाइएको छ ।

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सो बैठकलगतै प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आवद्ध दलको बैठक बस्न लागेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको ७१ दिन पुगेको छ । तर मन्त्रिपरिषद् अझै ६ सदस्यीय छ । सरकारले मन्त्रीपरिषद् विस्तार गर्न नसक्दा कामकारबाही प्रभावकारी नभएको भन्दै चर्को आलोचना भइरहेको छ ।

आलोचना बढ्दै जाँदा गठबन्धनलाई छ्ट्टिै मन्त्रीपरिषद् विस्तार गर्न दबाब  छ। तर गठबन्धनका दलबिच मन्त्रालय भागबन्डा, दलहरूमा मन्त्रीको आकांक्षी बढी हुनुले विस्तार हुन सकेको छैन । आजको बैठकमा यी विषयमा पनि छलफल हुने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved