नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक शुरु

नेकपा एमालेबाट फुटेर माधव कुमार नेपालकाे अध्यक्षतामा नयाँ पार्टी दर्ता भएपछि एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय समिति बैठक हो।

नेपालभ्युज

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक शुरु
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक शुरु भएको छ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बैठक शुरु भएको हो।

नेकपा एमालेबाट फुटेर माधव कुमार नेपालकाे अध्यक्षतामा नयाँ पार्टी दर्ता भएपछि एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय समिति बैठक हो। आजको बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस हुँदैछ।

एकीकृत समाजवादीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पार्टीका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेका हुन्। आजको बैठकमा पार्टीको प्रतिवेदनमाथि छलफल हुनेछ।

यस्तै, आजको बैठकले सरकारमा सहभागिताका विषयमा पनि निर्णय गर्ने बताइएको छ। सरकारमा जाँदा लिने मन्त्रालय र मन्त्रीको अन्तिम नामावली बनाउने गरी आजको बैठकमा छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved