कोरोनाविरुद्ध खोप लगाएपछि के गर्ने, के नगर्ने?

खोप लगाइसकेपछि के गर्ने के नगर्ने भन्ने विषयमा धेरैमा अन्योल देखिन्छ। यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग नेपालभ्यूजले गरेको संक्षिप्त कुराकानीः

नेपालभ्युज

कोरोनाविरुद्ध खोप लगाएपछि के गर्ने, के नगर्ने?
फाइल तस्वीर

काठमाडौं। सोमबारदेखि (हिजो) निरन्तर ११ दिनसम्म पुनः कोरोनाविरुद्ध भेरोसेल खोप लगाइँदै छ।

खोप लगाइसकेपछि के गर्ने के नगर्ने भन्ने विषयमा धेरैमा अन्योल देखिन्छ। यस विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग नेपालभ्यूजले गरेको संक्षिप्त कुराकानीः

कस्तो अवस्थामा खोप नलगाउने?

धेरै जनामा अझैपनि खोपलाई लिएर केही भम्रहरू रहेको पाइन्छ कोरोना भाइरस बिरुद्धको खोप प्रायः सबै जनाले लगाउन सकिन्छ। नेपाल सरकारको मापदण्डअनुसार अझै पनि गर्भवतीलाई खोप लगाउन भनिएको छैन।

त्यस्तै खोपको पहिलो मात्रा लिएपछि गम्भीर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएमा दोस्रो डोज नलगाउने। हालसम्म नेपालमा १८ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउन भनिएको छैन।

यी अवस्था भएमा खोप लगाउन सकिन्छ

मुटुमा समस्या भएमा

मस्तिष्कमा समस्या भएमा

फोक्सोमा समस्या भएमा

मृगौला रोग भएमा

मधुमेह भएमा

सिकलसेल एनिमिया भएमा

एचआईभी भएमा

क्यान्सर भएका (कुनै पनि थेरापी लिरहेको अवस्थामा भने सम्बन्धित चिकित्सक सँगको सल्लाहमा)

रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू

यस्ता स्वास्थ्य समस्या भएका व्यक्तिले खोप लिन त पाउँछन् तर उनीहरूले खोप लगाउँन जादा स्वास्थ्यमा केहि समस्या देखियो भने सम्बन्धित चिकित्सकलाई देखाउन आवश्य हुन्छ।

कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा ज्वरो आउँने, शरीर दुख्ने, जाडो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने जस्ता समस्याहरू देखिए पनि भेरोसेल लगाउदा त्यस्ता समस्या कमै देखिएको।

खोप लगाउँदा देखिएका लक्षणहरू एक दुई दिनमा आफै हराउँदै जान्छन् तर पाँच, सात दिनसम्म पनि यी लक्षणहरू देखिरहे भने चिकित्सकको सल्लाह दिनुपर्छ।
खोप लगाउनु अघि र पछि कुनै पनि तनाव लिनु हुँदैन।

त्यस्तै खोप लगाएपछि प्रशस्त पानी पिउने स्वथकर खानेकुराहरू खाने र मज्जाले निदाउनुपर्छ। कुनै पनि अनुसन्धानले आजसम्म खोप लगाइसकेपछि के गर्ने वा के खाने के नखाने भनेको छैन। तर पनि सकेसम्म खोप लगाइसके पछि रक्सी र चुरोट खानु हुँदैन किन भने रक्सी र चुरोट सेवन गर्दा रोग प्रतिरोधात्मक प्रणालीमा नकारात्मक असर पार्न सक्छ, जसले खोपबाट प्राप्त हुनसक्ने प्रतिरोधात्मक क्षमतामा कमी आउँछ।

खोप लगाउने समयमा कोरोना संक्रमण पुष्टि भएमासंक्रमण निको भएको चार हप्तापछि मात्र खोप लगाउनुपर्छ। खोपले भाइरससँग लड्न सक्नेगरी शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई बढाउँदै लैजान्छ।

खोपले एन्टीबडी उत्पादन गरेपछि संक्रमित भइहाले पनि जटिल खालका समस्याहरूलाई रोक्न सक्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved