आईपीएल क्रिकेट

बेंगलोरमाथि कोलकाताको शानदार जित

बेंगलोरलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

नेपालभ्युज

बेंगलोरमाथि कोलकाताको शानदार जित

काठमाडौं। इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि शानदार जित निकालेको छ । कोलकाताले बेंगलोरलाई ९ विकेटले पराजित गरेको हो।

गएराति युएईको आबुधाबीमा बेंगलोर कोलकातासँग ९ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ रोजेको बेंगलोरले १९ ओभरमा अलआउट हुनुअघि मात्रै ९२ रन बनायो।

बेंगलोरका लािग देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ तथा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रन बनाए भने कप्तान विराट कोहली ५ रनमै पभेलियन फर्किए।

बेंगलोरलाई सस्तैमा समेट्ने क्रममा कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले दशौँ ओभरमा मात्रै १ विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि अ‍ोपनर सुबमन गिलले ३४ बलमा ४८ रन बनाए ।

दोस्रो नम्बरका ब्याट्सम्यान भेन्काटेस ऐयरले अविजित ४१ रन बनाए। तेस्रो नम्बरमा ब्याटिङमा आएका आन्द्रे रसेल शून्यमा अविजित रहे । बेंगलोरका लागि एकमात्र विकेट युजभेन्द्र चाहलले लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved