बुटवलका नगर प्रमुखलाई मुक्का हान्ने युवक पक्राउ

नेपालभ्युज

बुटवलका नगर प्रमुखलाई मुक्का हान्ने युवक पक्राउ

बुटवल। बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ बुटवलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पंगेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन्। उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन्।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिए। उनले भने ‘मेयर सापलाई दुब्यबहार गर्ने एक जना युवा नियन्त्रणमा छन्। अनुसन्धान भइरहेको छ।’

उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए। सो घटनाको भिडियो भाइरल छ। उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्यसमेत रहेको बताइएको छ । प्रहरीले उनीमाथि छानविन गरी दुर्व्यवहार र शान्ति सुरक्षासम्बन्धी मुद्दा चलाउने तयारी गरेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved