नेपाल–भारत संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु

दुवै देशका एक–एक पैदल सेनाको पल्टन ‘इन्फैन्ट्री बटालियन’ बिच यो अभ्यास हुन लागेको हो।

नेपालभ्युज

नेपाल–भारत संयुक्त सैन्य अभ्यास पिथौरागढमा सुरु

नेपाल भारतबिचको १५ औँ संयुक्त सैन्य अभ्यास भारत उत्तराखण्डको पिथौरागढमा सुरु भएको छ। ‘सूर्य किरण’ सैन्य अभ्यास नाम दिइएको सो प्रशिक्षण अक्टोबर ३ सम्म संञ्चालन हुनेछ।

दुवै देशका एक–एक पैदल सेनाको पल्टन ‘इन्फैन्ट्री बटालियन’ बिच यो अभ्यास हुन लागेको हो। अभ्यासप्रति विद्रोह, वादप्रतिवाद, विपद्पछिको उद्धार, विस्फोटक पदार्थको डिस्पोजल लगायतमा केन्द्रित हुनेछ।

यस क्रममा दुवै देशका सेनाले एक आपसमा अनुभव साटासाट गर्ने जनाइएको छ। कार्यक्रमको सुरुवात गर्दै दुवै देशका सैनिक आ–आफ्नो राष्ट्रिय धुनमा मार्च गरेका थिए ।

सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेना शनिबार पिथौरागढ पुगेको थियो । दुवै देशका गरी करिब ६ सय ५० सैनिक जावन अभ्यास कार्यक्रममा सहभागी हुँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved