अवतरण भएको ३ दिनमै चीनले पठायो अर्को अन्तरिक्ष यान

शुक्रबार मात्रै तीन चिनियाँ यात्री अन्तरिक्षबाट पृथ्वीमा अवतरण गरेका थिए। अन्तरिक्ष स्टेशनमा ९० दिनसम्म निर्माण कार्यमा व्यस्त रहेर ती चिनियाँ अन्तरिक्ष यात्री  पृथ्वीमा फर्किएका हुन्।

नेपालभ्युज

अवतरण भएको ३ दिनमै चीनले पठायो अर्को अन्तरिक्ष यान

एजेन्सी। चीनले आफ्नो तियानच्याऊ अन्तरिक्ष स्टेशनमा सप्लार्य पुर्याउनका लागि सोमबार एक कार्गो अन्तरिक्ष यानतर्फ पठाएको छ । दोस्रो टोलीको मिशनलाई ध्यानमा राख्दै कार्गोलाई अन्तरिक्ष यानतर्फ पठाइएको हो। तियानच्याऊ ३ ले हेनान प्रान्तमा रहेको वेनच्याङ अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट उडान भरेको हो।

अन्तरिक्ष यानबाट यात्रुहरू पृथ्वीमा आएको तीन दिनपछि चीनले यो कार्गो सहितको अर्को अन्तरिक्ष यान पठाएको हो। तियाच्याऊको चिनियाँ अर्थ स्वर्ग जाने जहाज हुन्छ। आजको उडानले अक्टोबरमा तीन अन्तरिक्ष यात्रीसहित हुने अर्को उडानको तयारी गर्ने बताइएको छ।

यस्तै शुक्रबार मात्रै तीन चिनियाँ यात्री अन्तरिक्षबाट पृथ्वीमा अवतरण गरेका थिए। अन्तरिक्ष स्टेशनमा ९० दिनसम्म निर्माण कार्यमा व्यस्त रहेर ती चिनियाँ अन्तरिक्ष यात्री  पृथ्वीमा फर्किएका हुन्। चिनियाँ अन्तरिक्ष यात्रीहरुको यो नै हालसम्मको सबैभन्दा लामो मिशन थियो।

आज अन्तरिक्षतर्फ उडेको चिनियाँ अन्तरिक्ष यानले अर्को महीना अन्तरिक्षतर्फ जाने तीन यात्रीलाई आवश्यक पर्ने समाग्री, स्पेश सुट, निर्माण समाग्री र इन्धन लगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved