२४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।

नेपालभ्युज

२४ घण्टामा थप १ हजार ९५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ७ लाख ८५ हजार ५४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको सङ्ख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको सङ्ख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३७१ जना आइसियु र १०८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ भने ७ लाख ५२ हजार १७० जना सङ्क्रमणमुक्त भएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved