कप्तानको रुपमा अन्तिम आईपीएल खेल्दै विराट कोहली

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान रहेका कोहलीले कप्तानको रुपमा जारी आईपीएल नै अन्तिम रहेको बताएका छन्।

नेपालभ्युज

कप्तानको रुपमा अन्तिम आईपीएल खेल्दै विराट कोहली

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान तथा स्टार ब्याट्सम्यान विराट कोहलीका लागि जारी आईपीएल कप्तानको रुपमा खेल्ने अन्तिम आईपीएल भएको छ।

उनले जारी सिजनपछि कप्तान बनेर आईपीएल नखेल्ने भएका छन्।

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान रहेका कोहलीले कप्तानको रुपमा जारी आईपीएल नै अन्तिम रहेको बताएका छन्।

उनले यस सिजनको अन्त्यसँगै आफूले बेंगलोरको कप्तानी छाड्ने घोषणा गरेका हुन्।

तर, आफूले बेंगलोर टिम भने नछाड्ने उनले बताएका छन्। कोहलीले आफूले करियरको अन्तिम आईपीएल खेल पनि बेंगलोरबाटै खेल्ने पनि प्रष्ट पारेका छन्।

उनले आफूले कप्तानी भने जारी सिजन सकिएसँगै छाड्ने बताएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved