ठूला उद्योगलाई छूट दिनु भ्रष्टाचार : प्रेम सुवाल

‘‘घरायसी बिजुली बाल्नेले २ महीना मात्रै पैसा तिरेन भने लाइन काट्छ,’’ उनले भने, ‘‘कुन मन्त्रीका हुन् ती ठूल्ठूल्ला उद्योगहरू? ३५ अर्ब रुपैयाँ बाँकी हुँदा पनि किन बिजुली काटिएन ?’’ 

नेपालभ्युज

ठूला उद्योगलाई छूट दिनु भ्रष्टाचार : प्रेम सुवाल

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले ठूला उद्योगीलाई कर छूट दिनु भ्रष्टाचार भएको बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ठूला उद्योगीलाई दिइने कर, बक्यौता र जरिवना छूट दिनु भ्रष्टाचारका रूपमा देखिएकाले त्यसलाई रोक्नुपर्ने बताए।

ठूला निजी संस्थालाई भन्सार छूट समेत दिन नहुने बताउँदै यस्तो छूट साना उद्योगीलाई मात्रै दिने व्यवस्था गर्नुपर्ने भनाइ उनको थियो।

उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइनमार्फत लिएको बिजुलीको पैसा नतिरेको प्रसंग उठाउँदै उनले सरकारले जनताको काम नगरेकाले सिँहदरबारको कुर्सीमा बस्ने अधिकार नभएको धारणा राखे।

‘‘घरायसी बिजुली बाल्नेले २ महीना मात्रै पैसा तिरेन भने लाइन काट्छ,’’ उनले भने, ‘‘कुन मन्त्रीका हुन् ती ठूल्ठूल्ला उद्योगहरू? ३५ अर्ब रुपैयाँ बाँकी हुँदा पनि किन बिजुली काटिएन ?’’

ठूला उद्योगीलाई सस्तोमा बिजुली दिनुको सट्टा साना र घरायसी काममा बिजुलीमा सहुलियत दिनुपर्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved