सर्वसाधारणले पाए नयाँ नोट (फोटो फिचर)

बालुवाटारको केन्द्रीय कार्यालयसँगै राष्ट्र बैंकका विभिन्न शाखा कार्यालयहरूमा गएर सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन्।

सर्वसाधारणले पाए नयाँ नोट (फोटो फिचर)

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजदेखि दशैँ, तिहारका लागि नयाँ नोट सटही गर्न शुरु गरेको छ। सटहीको शुरुवात बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट भएको हो।

पर्याप्त नयाँ नोट उपलब्ध भएपछि राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही शुरु गरेको हो।

बालुवाटारको केन्द्रीय कार्यालयसँगै राष्ट्र बैंकका विभिन्न शाखा कार्यालयहरूमा गएर सर्वसाधारणले नयाँ नोट सटही गर्न सक्नेछन्।

वाणिज्य तथा विकास बैंकहरूले भने आफ्ना ग्राहकहरूका लागि केही समय अघिदेखि नै नयाँ नोट सटही गर्न शुरु गरिसकेका छन्।

राष्ट्र बैंकका अनुसार एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म नयाँ नोटहरु सटही गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved