अवरोधबीच विनियोजन विधेयक पास

संसद्बाट पास भएपछि अब विधेयक राष्ट्रियसभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेर पुनः त्यसलाई संसद्मा पठाएपछि राष्ट्रपतिबाट स्वीकृत गराउनुपर्दछ। राष्ट्रपतिले स्वीकृत गरेसँगैं हालको बजेट होलिडे अन्त्य हुनेछ।

नेपाल भ्यूज

अवरोधबीच विनियोजन विधेयक पास

काठमाडौं। नेकपा (एमाले)को अवरोधकाबीच बजेट प्रतिस्थापन विधेयक संसद्बाट पास भएकाे छ। गत भदौ २५ गते पेश गरेको बजेट विनियोजन विधेयक अवरोधकाबीच बहुमतले पास भएको हो।

प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्को नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकमाथि छलफल शुरु गरेका थिए।

विधेयकामाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट अध्यादेश बजेटकै निरन्तरता भएको बताए। उनले संयुक्त सरकारका साझा न्यूनतम् कार्यक्रम समावेश गर्न प्रतिस्थापन विधेयकमार्फत सामान्य हेरफेर गरिएको बताए। उनले भने, ‘‘सामान्य परिमार्जनका साथ बजेटमा ३ प्रतिशत हेरफेर गरी अध्यादेशमार्फत आएको बजेट निरन्तरता दिइएको छ।’’

शर्माले बजेटको आकार घटाएर प्रतिस्थापन बजेटमा ३७ अर्ब रुपैयाँ आन्तरिक र वैदेशिक ऋण घटाइएको बताए।

केपी शर्मा ओलीको नेतृत्वको सरकारमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटको संशोधन गर्दै सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। एमालेको अवरोधका कारण विधेयक संसद्बाट पारित हुन नसकेपछि ३० भदौदेखि बजेट होलिडे शुरु भई सरकारले गर्नुपर्ने सबै खर्चहरू रोकिएका छन्।

संसद्बाट पास भएपछि अब विधेयक राष्ट्रियसभामा जानेछ। राष्ट्रिय सभाले पारित गरेर पुनः त्यसलाई संसद्मा पठाएपछि राष्ट्रपतिबाट स्वीकृत गराउनुपर्दछ। राष्ट्रपतिले स्वीकृत गरेसँगैं हालको बजेट होलिडे अन्त्य हुनेछ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved