काठमाडौंमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् केन्द्र

यसअघि ४० देखि ५५ वर्ष उमेर समूहका नागरिक, विद्यार्थी, सार्वजनिक यातायातका चालक तथा सहचालकललाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो।

नेपालभ्युज

काठमाडौंमा आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् केन्द्र
फाइल तस्वीर

काठमाडौं। आजदेखि काठमाडौंमा कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ। शुक्रबार चीनबाट हालसम्मकै ठूलो संख्यामा ४० लाख डोज भेरोसेल खोप नेपाल आएपछि फेरि खोप लगाउन थालिएको हो।

बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा आजदेखि बिहीबारसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जानकारी दिएको छ।

यसअघि ४० देखि ५५ वर्ष उमेर समूहका नागरिक, विद्यार्थी, सार्वजनिक यातायातका चालक तथा सहचालकललाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो। उक्त समूहसहित दोस्रो मात्रा लगाउन छुटेकालाई यस अवधिमा खोपको दोस्रो मात्रा लगाइने भएको हो।

खोप लगाउनका लागि काठमाडौं महानगरपालिकामा ७ वटा केन्द्र तोकिएको छ।

यी हुन् खोप केन्द्र
१) नेपाल प्रहरी अस्पताल, महाराजगन्ज
२) सशस्त्र पहरी बल अस्पताल, बलम्बु
३) वीर अस्पताल, रत्नपार्क
४) शिक्षण अस्पताल, महाराजगन्ज
५) निजामती कर्मचारी अस्पताल, बानेश्वर
६) परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली
७) वीरेन्द्र अस्पताल, छाउनी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved