त्रिकोणात्मक क्रिकेट सिरिज

ओमानमाथि नेपालको शानदार जित

नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले पहलोपटक ओमानमाथि जित निकालेको हो।

नेपालभ्युज

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ। गएराति ओमानमा भएको खेलमा नेपालले ७ विकेटको शानदार जित निकालेको हो।

नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले पहलोपटक ओमानमाथि जित निकालेको हो। यसअघिका तीन भेटमा ओमानले नतिजा आफ्नो पक्षमा पारेको थियो।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलीलाई सस्तैमा समेट्यो। ओमानले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १२१ रन बनायो। उसका लागि कप्तान जीशान मक्सूदले सर्वाधिक ४१ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४/४ विकेट लिए। आठ ओभर बलिङ गरेका केसीले २५ र ८.१ ओभरमा सन्दीपले १८ रन खाए।

१२२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले उक्त लक्ष्य १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा भेट्टयो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ तथा ओपनर आसिफ शेख ४० रनको योगदान दिए।

कप्तान मल्लले ४६ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए। ४४ बल शेखले ७ चौका हिर्काए। ओमानमाथि जित दर्ता गरेसँगै नेपाल अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। ८ खेलमा ४ जितसहित नेपालले ८ अंक जोडेको छ।

ओमान १३ खेलबाट २० अंकसहित पहिलो स्थानमा र अमेरिका १५ खेलबार १४ अंकसहित दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved