कोरोना अपडेट

७ सय ३४ संक्रमित थपिए, १२ जनाको मृत्यु

नेपालभ्युज

काठमाडौं। नेपालमा आइतबार थप ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार ३ सय ४ पीसीआर परीक्षणका क्रममा ६ सय ५६ र २ हजार ७ सय ९ एन्टीजेन पर‍ीक्षणका क्रममा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

त्यस्तै थप १ हजार ४ सय १३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४९ हजार १ सय १३ संक्रमित निको भएका छन्। हाल २४ हजार ३ सय १३ सक्रिय संक्रमित आइसोलेसन र २ सय ४८ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved