विश्वकर्मा पूजाको विषयमा झडप हुँदा एक जनाको मृत्यु

नेपालभ्युज

विश्वकर्मा पूजाको विषयमा झडप हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्वीर

महोत्तरी। सोनमा गाउँपालिका-७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आइतबार दिउँसो दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका-२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेका इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।

सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो।

विवादले उग्ररुप लिएपछि दुवै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए। त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन्।

घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved