डिजिटल माध्यमको प्रभाव

बालिकाभन्दा बालक बढी दुर्व्यवहार भोग्छन्

नेपालभ्युज

बालिकाभन्दा बालक बढी दुर्व्यवहार भोग्छन्

काठमाडौं। विभिन्न प्रकारका डिजिटल माध्यम (अनलाइन) का कारण बालिकाभन्दा बालक बढी दुर्व्य‍वहारमा परेका एक अध्ययनले देखाएको छ।

सन् २०२० मा सिबिन-नेपालले नेपालको सातै प्रदेशमा ९ देखि १९ वर्ष उमेर समूहका १ हजार ७ सय १४ जना बालबालिका तथा किशोर किशोरीबीच गरिएको अनलाइन यौन शोषणसम्बन्धी अध्ययनमा बालक बढी दुर्व्यवहारमा फसेका भेटिएको हो।

अध्ययनमा कुल सहभागीमध्ये १३७ (७ दशमलव ९९ प्रतिशत) जनालाई क्यामेराका अगाडि नग्न देखिन दबाब दिइएको पत्ता लागेको थियो। यस्तो दबाब खेप्नेमा ५८ (६२ प्रतिशत) जना केटा, ४७ (३४ दशमलव ३ प्रतिशत) जना केटी र २ जना (१ दशमलव ४६ प्रतिशत) लैंगिक अल्पसंख्यक समुदायका छन्।

कुल उत्तरदातामध्ये ३४० जना (१९ दशमलव ८३५) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन्। अनलाइन यौन शोषणको सामना गर्ने ६५ दशमलव ५९ प्रतिशत केटा र ३३ दशमलव २४५ प्रतिशत बालिका रहेका पाइएको छ।

यसरी अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदातामध्ये ४८ (१४ दशमलव १२) जनाले यस प्रकारको घटना घटेपछि विद्यालय छोडेका थिए। विद्यालय छाडेकामध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए। ३४ जनाले आफ्नो दैनिक व्यवहारमा बाधा परेको बताएका थिए। यीमध्ये नौ जनाले मात्र परामर्श सेवा पाएका थिए।

अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८ दशमलव ५३५) जनाले मात्र परिवार, साथी वा पुलिसलाई खबर गरेका थिए। कुल उत्तरदातामध्ये १०७५ (६२ दशमलव ७१५) जनालाई अनलाइनमा बाल यौन शोषण गर्नेहरूलाई दण्ड सजाय हुने जानकारी छ।

अध्ययनमा दैनिक १ देखि २ घण्टा इन्टरनेट प्रयोग गर्ने उत्तरदाताहरू सबैभन्दा बढी (४० दशमलव ३७) रहेको पाइएको छ। त्यस्तै दैनिक ६ घण्टाभन्दा बढी इन्टरनेट चलाउनको संख्या १३ (० दशमलव ७६) जना छन्।

यस अध्ययनमा सहभागी उत्तरदातामध्ये १ हजार ४ सय ८८ (८६ दशमलव ८१) जना इन्टरनेट सुरक्षाबारे धेरथोर जानकार रहेको पाइएको छ। उनीहरूमध्ये ३४५(२३.१९५) जना मात्र पूर्ण रूपमा सचेत रहेको भेटिएको छ।

यस अध्ययनले थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको छ।

अनलाइन शोषण?दुर्व्यवहार एउटा आपराधिक कार्य हो र अपराधीलाई दण्ड सजाय हुन्छ भन्नेबारे पनि बालबालिका/किशोरकिशोरी र जनसमुदायलाई सचेत गराउन जरुरी भएको सिबिन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताइन्।

उनी भन्छन्, “सबैभन्दा पहिले त बालबालिकाहरूलाई इन्टरनेट सुरक्षाबारे सचेत र सशक्त बनाउनुपर्छ। बालबालिकाहरू अनलाइन यौन शोषणको जोखिममा नपरून्, जोखिममा परे आवश्यक सहयोग लिन जागरुक बनाउन जरुरी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved