फुटबल र क्रिकेटका कप्तानसहित यी हुन् पदक पाउने खेलकर्मी

विभिन्न विभूषण र मानपदवीका लागि सरकारले १४ जना खेल क्षेत्रका व्यक्तिको नाम प्रकाशित गरेको छ। जसमा १० खेलाडी तथा चार जना खेल पदाधिकारी परेका छन्।

नेपालभ्युज

फुटबल र क्रिकेटका कप्तानसहित यी हुन् पदक पाउने खेलकर्मी

काठमाडौं। सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेको विभिन्न विभूषण तथा मानपदवी पाउने सूचीमा खेलाडी तथा खेल पदाधिकारीहरु पनि समेटिएका छन्।

विभिन्न विभूषण र मानपदवीका लागि सरकारले १४ जना खेल क्षेत्रका व्यक्तिको नाम प्रकाशित गरेको छ। जसमा १० खेलाडी तथा चार जना खेल पदाधिकारी परेका छन्।

राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले प्रबल जनसेवाश्री पदक पाएका छन्। उनीहरुसँगै तेक्वान्दोकी आयसा शाक्य तथा पाराओलम्पिकका हिमाल अर्याल र केशव थापाले पनि प्रबल जनसेवाश्री पाएका छन्।

तेक्वान्दोका लक्ष्मण बहादुर ऐरले नेपाल प्रताप आभूषण प्राप्त गरेका छन्। यस्तै सुकृति पदक पाउनेमा कराँतेका अनु अधिकार र लक्ष्मण तामाङ, तेक्वान्दोकी संगिता बस्याल, महिला फुटबल खेलाडी विमला चौधरी, उसुकी जुनी राई र ट्रायथलनकी सोनु गुरुङ रहेका छन्।

खेल पदाधिकारी तथा प्रशिक्षकतर्फ क्रिकेट संघ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र तेक्वान्दोका कोरियन प्रशिक्षक क्वान सोङ दालले प्रबल जनसेवाश्री पाएका छन्।

यस्तै, ब्यामिन्टनका पूर्वखेलाडी तथा अम्पायर दीपक थापा र तेक्वान्दो प्रशिक्षक नर्वु लामाले सुकृति पदक प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved