त्रिकोणात्मक क्रिकेट सिरिज

नेपाल र ओमान भिड्दै

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा चार बजे ओमानको सामना गर्नेछ। यसअघि यही सिरिज अन्तर्गतको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भइसकेको छ।

नेपालभ्युज

नेपाल र ओमान भिड्दै

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट सिरिजमा नेपालले आज ओमानको सामना गर्दैछ। सिरिजको आफ्नो अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्न लागेको हो।

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपालले दिउँसो सवा चार बजे ओमानको सामना गर्नेछ। यसअघि यही सिरिज अन्तर्गतको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भइसकेको छ।

यसअघि गतवर्ष नेपालमै भएका २ खेलमा पनि नेपाल ओमानसँग पराजित भइसकेको थियो। नेपाल ओमानसँग एकदिवसीय खेलमा अहिलेसम्म ३ पटक हारिसकेको छ। तर, नेपालले जित भने निकाल्न सकेको छैन।

आजको खेल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकको रुपमा डेभ ह्वाटमोरको पनि अन्तिम खेल हो। उनले यसै सिरिजका लागि ओमान पुगेपछि आफूले सिरिज सकिएसँगै टोली छाड्ने बताएका थिए।

जारी सिरिजमा नेपालले अमेरिकामाथि एक जित निकालेको छ भने एउटा खेल गुमाएको छ। पहिलो खेलमा ५ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले पराजित भयो।

डिभिजन २ को अंकतालिकामा १२ खेलबाट २० अंकसहित ओमान पहिलो तथा १५ बाट १४ अंकसहित अमेरिका दोस्रो स्थानमा रहेका छन्। सात खेलबाट ३ जितसहित ६ अंक रहेको नेपाल छैटौँ स्थानमा छ।

यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टिमले २०२३ को एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved