एमाले स्थायी समिति बैठक बस्दै, १० बुँदे सहमतिबारे छलफल हुने

नेपालभ्युज

एमाले स्थायी समिति बैठक बस्दै, १० बुँदे सहमतिबारे छलफल हुने

काठमाडौं । नेकपा (एमाले) ले आज (आइतबार) स्थायी समिति बैठक बोलाएको छ। अपराह्न १२ बजे तुलसीलाल आमात्य प्रष्तिष्ठानमा बैठक बोलाइएको हो।

१५ असोजदेखि शुरु हुने विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो। कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव विधान महाधिवेशनमा पेश हुने कार्यसूची छ।

त्यसका अलवा पार्टीभित्र देखिएको १० बुँदे सहमति कार्यान्वयन, नेताहरूको कार्यविभाजनबारे बैठकमा कार्यसूची नभए पनि छलफल हुन सक्ने बताइएको छ।

एमालेभित्र तेस्रो धारको रूपमा रहेका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि कै पूर्ववत् रूपमा जिम्मेवारी पाउनुपर्ने अडानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved