अनुहार ढाक्नेगरी फैलिएको मासुको शल्यक्रिया

नेपालभ्युज

अनुहार ढाक्नेगरी फैलिएको मासुको शल्यक्रिया

काठमाडौँ। अनुहार ढाक्नेगरी मासुको लुर्को फैलिएर गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी झापा मेचीनगर–८ की ३५ वर्षीया विष्णुमाया मगरको दाताको सहयोगमा शल्यक्रिया भएको छ। काठमाडौँको सुषमा कोइराला अस्पतालमा उनको शल्यक्रिया गरेर अनुहार ढाक्ने गरी फैलिएको मासु फालिएको हो।

विपन्न परिवारकी उनी अर्थाभावले वर्षौँदेखि अनुहारमा मासुको डल्लो बोकेर कष्ट व्यहोर्दै आएकी थिइन्।

उनको उपचारका लागि सुरुदेखि पहल गर्नुभएकी स्थानीयवासी निर्मला भण्डारीका अनुसार दाता उज्ज्वलविक्रम शाहको सहयोग र सामाजिक अभियानकर्मी नरेश मोहराको पहलमा काठमाडौँको साँखुस्थित सुषमा कोइराला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

पहिलो चरणको शल्यक्रिया सम्पन्न भएको र तीन महिनापछि अर्को चरणको शल्यक्रिया गर्नुपर्ने बताइएको भण्डारीले बताइन्।

पहिलो शल्यक्रियामा उनको अनुहार छोप्ने गरी फैलिएको मासुको लुर्को हटाइएको छ। चिकित्सकहरूले उपचार गर्न अरू ढिला भएको भए मासुको लुर्को च्यातिएर क्यान्सर फैलिने त्रास भएको बताइन्।

उनको उपचारमा विभिन्न दाताले समेत सहयोग प्रदान गरेका थिए।

उनको अनुहारमा मासु पलाउन थालेपछि रोजगारीका लागि काममा जानसमेत कठिनाइ भएको थियो। उनलाई अपाङ्गता प्रमाणपत्र दिलाउन पहल गर्दा नसकिएपछि भरण पोषणका लागि समेत दाता खोज्नुपर्ने अवस्था आएको थियो। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved