नेशनल फुटसल लिग

राइजिङ क्लब स्पोर्टस र क्यासल पोखराको विजयी शुरुआत

नेपालभ्युज

राइजिङ क्लब स्पोर्टस र क्यासल पोखराको विजयी शुरुआत

पोखरा । आजदेखि शुरु नेशनल फुटसल लिगमा द राइजिङ क्लब स्पोर्टस र क्यासल पोखराले विजय शुरुआता गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पोखरामा भएको पहिलो खेलमा राइजिङले स्काइ गोल फुटसललाई ५-४ गोल अन्तरले पराजित गर्‍यो। राइजिङको जितमा रेवश मास्केले २ गोल गरे।

स्काइका लागि श्रीकृष्णले ह्याट्रिक गरे पनि जितका लागि पर्याप्त भएन। शनिबारको दोस्रो खेलमा स्पोर्ट्स क्यासलले प्रभातफेरी युथ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्‍यो। क्यासलका लागि सुमित श्रेष्ठ र खेमराज गुरुङले २/२ गोलको योगदान दिए।

यो जितसँगै दुवै टोलीले लिगमा समान ३/३ अंक जोडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved