कोरोना अपडेट

१६ जनाको निधन हुँदा थपिए १६ सय ६६ संक्रमित

नेपालभ्युज

काठमाडौं। नेपालमा शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ८ हजार ५ सय ४० पिसिआर परीक्षणका क्रममा ८ सय ३५ जना र २ हजार ८ सय १८ एन्टीजेन परीक्षणका क्रममा २ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ७२ हजार ८ सय पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार २८ जनाको कोरोनाका कारण ज्यान गएको छ।

त्यस्तै थप १ हजार २ सय ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ९ सय १० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल २५ हजार ८२ सक्रिय संक्रमित आइसोलेसन र २४६ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved