अष्टलक्ष्मी भन्छिन्, ‘माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको हुँ’

नेपालले एमालेलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको शाक्यले बताइन्।

नेपाल भ्युज

अष्टलक्ष्मी भन्छिन्, ‘माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको हुँ’

काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएकी छन्। महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन्।

प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि ‘एस’का प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन्। ‘एस’का कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो।

नेपालले एमालेलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको शाक्यले बताइन्। नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताउँदै उनले एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्ने उनको भनाइ थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved