सत्ता गठबन्धनप्रति ओलीको कटाक्ष

‘फ्रिजबाट निकालिएका आइसका डल्ला चुनावपछि पग्लिन्छ’

नेपालभ्युज

‘फ्रिजबाट निकालिएका आइसका डल्ला चुनावपछि पग्लिन्छ’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई ‘फ्रिजबाट निकालिएको आइसको डल्ला’को संज्ञा दिँदै बिलाएर जाने टिप्पणी गरेका छन्। शनिबार नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रममा ओलीले वर्तमान सत्तागठबन्धन कटाक्ष गरेका हुन्।

चुनावपछि आइसका डल्ला बिलाएर जाने ओलीको भनाइ थियो। उनले भने, “यो गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्लाजस्तै हुन्, फ्रिजबाट बाहिर डल्ला राख्ने बित्तिकै बिलाएर जान्छन्।”

ओलीले १४ महिनापछि हुने चुनावबाट आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरे। वर्तमान सरकार अस्वाभाविक विधिबाट बनेको समेत उनले आरोप लगाए। भने, “यो सरकार जनताको मतबाट आएको होइन, हामी त जनताको मतबाट आएका हौँ। हामीलाई ढाल्न अवैध पाँच पार्टीले तमासा गरेर सरकार बनाए।”

ओलीले माधवकुमार नेपाललाई लक्ष्य गर्दै ‘आफूले कारबाही गरेकाहरूले नयाँ दल खोलेर’ आफैंलाई हटाएको टिप्पणी गरे। वर्तमान सरकार राज्यसत्ताको दुरुपयोग गरेर बनेको समेत ओलीको आरोप थियो।

निजामती कर्मचारी संगठनको कार्यक्रममा ओलीले कर्मचारीलाई सरुवा गर्नेलगायत त्रास गराएको आरोपसमेत लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved