४ लाख ७५ हजार नगदसहित जोरपाटीबाट २० जुवाडे पक्राउ

जुवातास खेलिरहेका अवस्थामा उनीहरूलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नेपालभ्युज

४ लाख ७५ हजार नगदसहित जोरपाटीबाट २० जुवाडे पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। जोरपाटीबाट प्रहरीले लाखौँ नगदसहित २० जुवाडेलाई पक्राउ गरेको छ।

जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पमा जुवा खेल्दै गरेका २० जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

उनीहरूबाट प्रहरीले चार लाख ७५ रुपैयाँ हजार बरामद गरेको छ ।

उनीहरूबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको बस्नेतले बताए। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved