एएफसी महिला एसियन कप छनोट

फिलिपिन्सको सामना गर्दै नेपाली महिला फुटबल टिम

नेपालभ्युज

फिलिपिन्सको सामना गर्दै नेपाली महिला फुटबल टिम
फाइल तस्वीर

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज फिलिपिन्सविरुद्ध खेल्दै छ। एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सको सामना गर्न लागेको हो।

एसियन कपमा छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली टोलीले आज उच्च मनोबलका साथ फिलिपिन्सको सामना गर्ने प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन्। उनले आफूहरु छनोट हुने लक्ष्यसहित मैदान उत्रने बताए।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले समूह एफअन्तर्गत आफूभन्दा बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ।

फिलिपिन्स नेपालभन्दा फिफा वरीयतामा ३३ स्थान माथि रहेको टिम हो। नेपाल फिफा वरीयतामा १०१ औँ स्थानमा रहेको छ। फिलिपिन्स भने ६८ औँ स्थानमा रहेको छ।

छनोटको दोस्रो खेलमा नेपालले आगामी बिहीबार हङकङको सामना गर्नेछ । ८ असोजमा फिलिपिन्स र हङकङबीच खेल हुनेछ। यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप २० जनवरीदेखि ६ फेब्रुअरीसम्म हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved