लुम्बिनी प्रदेश सरकारले दाङमा सम्पर्क कार्यालय खोल्ने

नेपालभ्युज

लुम्बिनी प्रदेश सरकारले दाङमा सम्पर्क कार्यालय खोल्ने

बुटवल। लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए।

बैठकले पदक सिफारिस समितिले गरेको सिफारिसअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ। ३ असोजमा संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मानस्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको हो।

यी पदक ३ फागुनमा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए।

यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ। यसैगरी बैठकले कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ।

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघटरसमायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघटरसमायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

यसैगरि बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved