कांग्रेस महाधिवेशन

 वडाअधिवेशन विवादबारे प्रधानमन्त्री देउवा पार्टीका नेताहरूसँग छलफल गर्दै 

पार्टीको आउँदो महाधिवेशन र वरिष्ठ नेता पौडेल पक्षको असन्तुष्टिको बरेमा छलफल भइरहेको छ।

नेपालभ्युज

 वडाअधिवेशन विवादबारे प्रधानमन्त्री देउवा पार्टीका नेताहरूसँग छलफल गर्दै 
काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री शशाङ्क कोइराला तथा पूर्णबहादुर खडासँग बालुवाटारमा छलफल गरिरहेका छन् । पार्टीको आउँदो महाधिवेशन र वरिष्ठ नेता पौडेल पक्षको असन्तुष्टिको बरेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
पार्टीको अधिवेशन निर्धारित समय तालिकामा प्रभावकारी रुपमा कसरी गर्ने भन्ने बारेमा सभापतिले वरिष्ठ नेतासहित पार्टीका अन्य सार्थीसंग छलफल गरिरहेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
देउवा इतर पक्षहरू वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालासहितले बिहीबार मात्रै निर्वाचन समितिसँग भेटेर सभापति देउवाको गृह जिल्लाको वडा अधिवेशन पुन गराउन माग गरेका थिए ।
काँग्रेसको वडा तहको अधिवेशन गत १८ गते नै सुरु भए पनि क्रियाशील सदस्यताका कारण २० ओटा जिल्लाको वडा अधिवेशन अझै हुन सकेको छैन । निर्वाचन समितिले आउँदो ५ गते बाँकी २० जिल्लाहरूमा वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेका छ । यद्यपी कियाशिल सदस्यताको  टुुंगो लागी सकेको छैन ।
निर्वाचन समितिले शनिवारसम्म जसरी पनि क्रियाशील सदस्यताको टुुंगो लगाउन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved