‘‘३–४ दिन घाम लाग्ने अवस्था छैन’’

“तर धेरै ठाउँमा आंशिकदेखि सामान्य बदली जारी रहन्छ। मौसमको अवस्था विश्लेषण गर्दा लगातार ३–४ दिन घाम लाग्ने अवस्था छैन ।”

नेपालभ्युज

‘‘३–४ दिन घाम लाग्ने अवस्था छैन’’

काठमाडौं । भारतको उत्तर प्रदेश आसपासका भेगमा वर्षा सक्रिय गराउने न्यून चापीय क्षेत्र (मनसुन ट्रफ) विकास भएपछि नेपालमा त्यसको प्रत्यक्ष असर देखिएको छ।

मनसुन ट्रफका कारण मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांश भेगमा हल्का र मध्यमस्तरको वर्षा जारी छ। यस्तो गतिविधि आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम प्रस्ट नखुल्ने, खुलिहाले पनि केही बेरमै धुम्मिएर  मध्यमस्तरको वर्षा दोहोरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। “ठुलो र भारी वर्षाको सम्भावना देखिँदैन”, उनले नेपालभ्यूजसँग भनिन्, “तर धेरै ठाउँमा आंशिकदेखि सामान्य बदली जारी रहन्छ। मौसमको अवस्था विश्लेषण गर्दा लगातार ३/४ दिन घाम लाग्ने अवस्था छैन ।”

महाशाखाका अनुसार अहिलेको मौसमी प्रभाव क्रमशः कर्णाली र पश्चिम भेगतर्फ सरिरहेको छ। अहिले बंगालको खाडीमा विकसित भइरहेको मौसमी गतिविधिको असर आइतबार रातिदेखि पुनः नेपालका भू–भागमा देखिने महाशाखाका अधिकारीहरूको ठहर छ।

जमिनको सतहबाट १२ देखि १८ किमी हाराहारीको वायुमण्डलमा विकसित हुने न्यून चापीय क्षेत्रले मनसुनी गतिविधि सक्रिय गराउँछ। भारतको नयाँ दिल्ली, गंगा नदी र यसका सहायक (इन्डोङ्गेटिभ प्लेन), बंगालको खाडी आसपासमा विकसित हुने न्यून चापीय क्षेत्रले नेपालको मनसुन प्रभावित हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved