दसैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा किन्दै खाद्य कम्पनी

नेपाल भ्युज

दसैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा किन्दै खाद्य कम्पनी

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैंमा ३ हजार खसीबोका र च्याङ्ग्रा किन्ने भएको छ।

कम्पनीले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरिदको तयारी गरेको हो। दसैंमा मासुको अत्यधिक माग हुने भएकाले बजार नियन्त्रण गर्न खसीबोका र च्याङ्ग्रा किन्न लागेको कम्पनीकी सुचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन्।

‘‘घटस्थापनाको दिनदेखि बिक्री सुरु गर्ने भएकाले त्यसको केही दिनअघि मात्रै ल्याउने गरी खरिद प्रक्रिया अघि बढाएका छौँ,’’ उनले भनिन्,  ‘‘यो संख्या ठूलो नभएपनि यसले केही भएपनि महँगी नियन्त्रण यसले सहयोग पुग्नेछ।’’

उनकाअनुसार हेटौँडा, दाङ र मुस्ताङबाट खसीबोका र च्याङ्ग्रा ल्याउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved