१० रुपैयाँसम्म छुटसहित आजदेखि सुपथ मूल्य पसल सञ्चालन

मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्यलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ।

नेपालभ्युज

१० रुपैयाँसम्म छुटसहित आजदेखि सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं। सरकारले आजदेखि काठमाडौं उपत्यकामा ४ र उपत्यकाबाहिर ३९ गरी ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ निगममार्फत् दसैं, तिहार र छठलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

उपभोक्तालाई सस्तोमा खाद्यान्न उपलब्ध गराउन सरकारले हरेक वर्ष दसैं, तिहार र छठ पर्वको बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्यलाई एक करोड ७५ लाख र साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुट्याएको छ।

मन्त्रालयकाअनुसार सुपथ मूल्य पसलबाट सामान खरिद गर्दा ग्राहकले नुनमा प्रति किलोग्राम दुई रुपियाँ, चामलमा प्रति किलोग्राम पाँच, गेडागुडी र जिउँदो खसी बोकाको मासुमा प्रति किलोग्राम १० रुपियाँसम्म छुट पाउनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved