माओवादी नाम मात्रको पार्टी भयो – केपी ओली

नेपालभ्युज

माओवादी नाम मात्रको पार्टी भयो – केपी ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी नाम मात्रको पार्टी भएको टिप्पणी गरेका छन्।

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी प्रचण्डको गुट मात्र भएको आरोप लगाए। त्यस्तै उनले एमाले फुटेको नभई पार्टीभित्रको फोहोर मात्र बाहिरिएको तर्क गरे।

एमालेको सरकार हुँदा प्रतिगमन भयो भनेर प्रतिक्रियावादी शक्तिसँग नेपाल मिलेका उनले लगाए। अलोकतान्त्रिक विधिबाट जन्मिएका पार्टीलाई जोडेर अग्रगामी सरकार बनाउन नेपालले पार्टी छोडेको उनको जिकिर थियो।

माओवादी केन्द्रका कार्यकर्ता प्रचण्डको घरेलु कार्यकर्ता भएका आरोप लगाउँदै प्रचण्डको सेवामा नभई देशको सेवामा लाग्न माओवादी केन्द्रका नेता कार्यकर्तालाई ओलीले आग्रह गरे।

ओलीले एमालेको शक्ति र नीति परिवर्तन नभएको भन्दै भूमिका मात्र परिवर्तन भएको र आगामी निर्वाचनमा पुनः पहिलो शक्ति भएर देखाउने तर्क गरे। उनले वर्तमान सरकारले जनताका लागि कुनै काम गर्न नै नसकेको आरोप लगाए।

अध्यक्ष ओलीले माधव नेपाल बाहेकाका अन्य नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गरे। त्यस्तै एमालेका अन्य नेताले एमालेबाट केही मान्छे बाहिँरिदैमा फरक नपर्ने भन्दै पार्टी बलियो भएर अघि बढ्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved