लुम्बिनीमा पनि एमालेको अवरोध, प्रदेश सभा बैठक स्थगित

नेपालभ्युज

लुम्बिनीमा पनि एमालेको अवरोध, प्रदेश सभा बैठक स्थगित

बुटवल। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ।

सूर्य चिह्नबाट निर्वाचित सांसद अजय शाही र विमला वलीलाई सभामुखले कारबाही नगर्दासम्म एमालेले निरन्तर संसद अवरुद्ध गर्ने जनाएको छ।

बिहीबार पनि सभामुख पूर्णबहादुर घर्तीले बैठक शुरु गर्नासाथै एमालेका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरेका थिए। सभामुखले बैठक शुरु गर्नासाथै आफ्नो स्थानबाट उठेर बोल्दै एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रीय कमिटीले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगर्दासम्म सदन चल्न नदिने बताइन्।

एमालेको अवरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ।

मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि एमालेले लगाता संसद अवरुद्ध गर्दै आइरहेको छ। अहिले सत्ता र प्रतिपक्षी दलका सांसदलाई राखेर प्रदेश सभा सचिवालयले बैठक सञ्चालन गर्न सहमतिमा ल्याउने प्रयास गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved