निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला हुँदै

नेपाल भ्युज

निजामती कर्मचारी संगठनको राष्ट्रिय भेला हुँदै

काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी संगठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ।

नेकपा (एमाले) निकट मानिने उक्त संगठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो ।

यो संगठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा प्रतिनिधित्व गर्दै आएको छ। भेलामा यसअघि युनियनमा प्रतिनिधित्व गर्नेबारे पनि समीक्षा हुने जनाइएको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र देशभरका निकायबाट करिब एक हजार कार्यकर्ता सहभागी हुनेछन्। भेलाकै अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित उक्त संगठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो संगठनका एकताबद्ध हुने संगठनका अध्यक्ष केदार देवकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved