शंकर पोखरेलविरुद्ध विमला वलीले दिइन् अपहरणसम्बन्धी किटानी जाहेरी

प्रदेश सांसद विमला वलीले पोखरेल मुख्यमन्त्री रहेका बेला साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई अपहरण गरी बन्धक बनाएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी हुन्।

नेपालभ्युज

शंकर पोखरेलविरुद्ध विमला वलीले दिइन् अपहरणसम्बन्धी किटानी जाहेरी

बुटवल। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ।

प्रदेश सांसद विमला कुमारी खत्री वलीले पोखरेल मुख्यमन्त्री रहेका बेला साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई अपहरण गरी बन्धक बनाएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी हुन्।

वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै सोमबार किटानी जाहेरी दिएकी हुन्।

जाहेरीमा वलीले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कारबाहीको माग गरेकी छन्।

वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए।

सांसद वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका हुन्।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने घटनाको शुरुवात भएकै स्थान अर्थात् दाङमा जाहेरी दर्ता गरिदिने प्रतिवद्धतासहितको पत्र प्रहरीबाट आएको बताए।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved