च्याम्पियन्स लिग

आज राति ८ खेल, बार्सिलोना समूह चरणमै बार्यनविरुद्ध भिड्दै

नेपाल भ्यूज

आज राति ८ खेल, बार्सिलोना समूह चरणमै बार्यनविरुद्ध भिड्दै

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत आज राति समूह चरणका खेलहरू शुरु हुँदै छन्।

आज राति विभिन्न समयमा आठ खेल हुँदै छन्। जसअन्तर्गत राति साढे १० बजे दुई खेल हुनेछन्। जहाँ स्पेनी क्लब सेभिल्लाले घरेलु मैदानमा जर्मन क्लब आरबी लेइप्जिगसँग खेल्नेछ भने प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले स्वीस क्लब योङ बोइजको सामना गर्नेछ।

त्यसैगरी राति (भोलि बिहान) पौने एक बजे लिले रे उल्फबर्गसँग खेल्दा भिल्लारियल र एटलान्टाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै चेल्सीले जेइन्टसँग खेल्नेछ। यही समयमा युभेन्टसले मोल्मोसँग खेल्दा स्पेनी क्लब बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख पनि समूह चरणमै प्रतिस्पर्धा गर्दै छन्।

च्याम्पियन्स लिगमा यी दुई क्लबबीच दुई वर्षपछि फेरि भिडन्त हुन लागेको हो। सन् २०१९-२० को सिजनमा बार्सिलोनाले बार्यन म्युनिखसँग अन्तिम ८ मा ८-२ गोलअन्तरको शर्मनाक हार बेहोरेको थियो।

आज राति बार्सिलोनालाई त्यही हारको बदला लिने दाउ हुनेछ। तर बार्सिलोनाका अधिकांश स्टार खेलाडी घाइते भएका कारण त्यो अफ्ठेरो अवस्थामा छन्। टोलीका मुख्य हतियार सर्जिओ अगुएरो, उस्मान डेम्बेले, अन्सु फाती अझै मैदानमा आउने छैनन्। त्यसमाथि क्लबका कप्तान लियोनल मेस्सीले क्लब छोडेर गइसकेका छन्।

अर्का आशलाग्दा फ्रान्सेली फर्वार्ड एन्टोनी ग्रिजमान पनि पुरानो क्लब एट्लेटिको मड्रिड फर्किसकेक छन्। सम्भवतः आज रातिको खेलमा बार्सिलोनाका नयाँ स्ट्राइकर मेम्फिस डिफाएमा सबैको नजर जाने छ।

त्यसैगरी यता बार्यन म्युनिख पनि गत सिजनको जस्तो ‘फर्म’मा देखिएको छैन। तर ऊ पुरानै लय राख्न चाहन्छ। टिममा ग्यानब्री, लिडो साने, रोबर्ट लेवण्डोस्की जस्ता आशलाग्दा खेलाडीले भरिएए पनि बार्यनले बुण्डेसलिगामा ४ खेलपछि दोस्रो स्थानमा छ। उसले १४ अगस्टमा लिगमा भएको खेलमा मोन्चेग्लाडबिचसँग १-१ को बराबरी खेलेको थियो भने गत जुलाईमा क्लब फ्रेन्ड्ली म्याचमा इटालियन क्लब नापोलीसँग ३-० हार बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved