बिलेट उत्पादनमा सहुलियत

छड उद्योगमा तत्काल ६ अर्ब लगानी र ३ हजार रोजगारी थपिने

बजेट स्वागतयोग्य भन्दै अफवाह नफैलाउन फलामे छड उत्पादक संघको आह्वान

डण्डी उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशभित्रै बिलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागत योग्य कदम भएको संघको ठहर छ।

नेपालभ्युज

छड उद्योगमा तत्काल ६ अर्ब लगानी र ३ हजार रोजगारी थपिने

काठमाडौं। नेपाल फलामे छड उत्पादक संघले बजेटमार्फत् सरकारले बिलेट उत्पादनमा दिएको सहुलियतको स्वागत गरेको छ। संघका नाममा बजेटबारे अफवाह फैलाइएकोमा त्यसको खण्डन गर्दै संघले सरकारको निर्णय स्वागतयोग्य भएको बताएको हो।

सरकारले प्रतिस्थापन विधेयकमार्फत् बिलेट आयात गरी डण्डी बनाउने उद्योगीलाई बढी कर लगाएर डण्डीका लागि पहिले बिलेट उत्पादन गर्ने उद्योगीलाई सहुलियत दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत् स्पन्ज आइरन आयातकर्तालाई पूर्ण सहुलियत दिई बिलेट आयातमा अन्तशुल्क करमा वृद्धि गरेका छन्।

सरकारको यस निर्णयले स्वदेशी उत्पादन बढ्ने र देशभित्रै औद्योगिक वातावरण बन्ने संघको ठहर छ। संघले सोमबार विज्ञप्ति निकाल्दै सरकारको यस निर्णयले तत्काल उद्योगमा ६ अर्ब रुपैयाँ लगानी थपिने र ३ हजार रोजगारी सिर्जना हुने बताएको छ।

डण्डी उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशभित्रै बिलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागत योग्य कदम भएको संघको ठहर छ। यसले देशभित्रै कच्चा पदार्थमार्फत् बिलेट बिलेटमार्फत् स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र लगानी बढेर किट भविष्यमा रोजगारी थपिने तथा निर्यातको वातावरण बन्ने विश्वास संघको छ।

सरकारको नयाँ प्रावधानसँगै बिलेट आयात गरेर डण्डी बनाउने उद्योगीलाई नेपालमै पहिले बिलेट उत्पादन गरेर डण्डी बनाउने उद्योगीसँग प्रतिस्पर्धा गर्न मुश्किल पर्नेछ। जसकारण त्यस्ता उद्योगलाई पनि शुरुमा बिलेट उत्पादन गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन गएको छ।

यसले तत्काल डण्डी तथा रोलिङ मिलमा ६ अर्ब रुपैयाँ थपिने संघले बताएको छ। ती उद्योगबाट पहिलो वर्ष नै ३ हजार बढी रोजगारी सिर्जना हुनेछ। यसैगरी, नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भइरहेको विद्युतको खपतलाई पनि सहयोग गर्नेछ भने फर्नेस आयल आयतमा हरेक वर्ष बाहिरिने करिब साढे ४ अर्ब रुपैयाँ पनि स्वदेशभित्रै रहनेछ।

संघले आफ्नो नाममा केही समूह तथा व्यक्तिहरूले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सृजना गरेकोमा आपत्ति जनाउँदै भ्रामक धारणा नबनाउन अनुरोध गरेको छ। यसले उद्योगीलाई मात्रै फाइदा पुग्ने नभई तत्काल प्रतिकिलो ३ रुपैयाँसम्म डण्डीको मूल्य घट्ने भएकाले उपभोक्तालाई समेत नयाँ व्यवस्थाले फाइदा पुर्याएको संघको धारणा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved