डडेल्धुराको वडा अधिवेशन पौडेल समूहद्वारा अस्वीकार, फेरि हुनुपर्ने माग

पौडेलले सभापति देउवाले पार्टी भित्रको आन्तरिक प्रजातन्त्र ध्वस्त बनाएको भन्दै उक्त अधिवेशन रद्द गरेर डडेल्धुरामा फेरि निष्पक्ष वडा अधिवेशन गर्नुपर्ने माग गरेका छन्।

नेपालभ्युज

डडेल्धुराको वडा अधिवेशन पौडेल समूहद्वारा अस्वीकार, फेरि हुनुपर्ने माग
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा भएको वडा अभिवेशन अस्वीकार गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गर्दै अस्वीकार गरिएको बताए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आफूपक्षीय नेताहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूहरुको सहमसति विपरीत सभापति देउवाले प्रशासनको सहयोगमा गृहजिल्लामा एकलौटी वडा अभिवेशन गरेकाले त्यो मान्य नहुने बताए।

पौडेलले सभापति देउवाले पार्टी भित्रको आन्तरिक प्रजातन्त्र ध्वस्त बनाएको भन्दै उक्त अधिवेशन रद्द गरेर डडेल्धुरामा फेरि निष्पक्ष वडा अधिवेशन गर्नुपर्ने माग गरेका छन्। पौडेलले भने, ‘‘डडेल्धुरामा अहिले भएका भनिएको अधिवेशन स्वीकार्य छैन। सबैको सहमतिमा फेरि अधिवेशन गर्नुपर्छ।”

पौडेल समूहको विरोधका बीच देउवाले गृह जिल्लामा प्रहरीको सहयोगमा २५ भदौमा वडा अधिवेशन गराएका थिए। पौडेल समूहसँगको सहमतिविपरीत देउवाले पेलेरै अधिवेशन गराएका थिए।

महाधिवेशन निष्पक्ष हुने विश्वास दिलाउनका लागि सभापति देउवाले गृहजिल्लाबाटै सन्देश दिनुपर्ने भन्दै पौडेल समूहले उक्त अधिवेशनलाई महाधिवेशनको पहिलो गाँसमै झिँगा परेको प्रतिक्रिया दिएको छ।

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत १८ भदौदेखि शुरु भएको वडा अधिवेशन देभरका ५७ जिल्लामा सम्पन्न भइसकेको छ। बाँकी २० जिल्लामा क्रियाशील सदस्यता लगायतका विवादका कारण ५ असोजका लागि अधिवेशन तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved