अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

नेपालभ्युज

अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
फाइल तस्वीर

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

ओमानको अल अमेरत मैदानमा भैरहेको खेलमा नेपालले पपुवा न्यु गिनि (पीएनजी) सँगको पछिल्लो खेलमा उतारेको टिम नै उतारेको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिममा ओपनर आसिफ शेख र कुशल भुर्तेल रहेका छन्।

त्यसैगरी ब्याटस्म्यानमा रोहित पौडेल, विकेट किप्पर ब्याटस्म्यान विनोद भण्डारी र अलराउण्डरमा करण केसी र कुशल मल्ल छन्। बलिङतर्फ स्पिन बलर सन्दीप लामिछाने र सुशन भारी तथा फास्ट बलर सोमपाल कामी र विक्रम सोब टिममा छन्।

अभ्यासका दौरान गोलगाँठोमा चोट लागेपछि ब्याटस्मान दीपेन्द्र सिंह ऐरीले भने यो सिरिजका सबै खेल गुमाएका छन्। यसअघि लिग डिभिजन-२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमन र अमेरिकासँग दुई/दुई खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुवै खेलमा हराएको थियो।

पहिलो खेलमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम स्कोर ३५ रनमा अलआउट गर्दै ८ विकेटको जित निकालेको थियो।

दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो। ओडीआई मान्यता पाउनुअघिका ५ एकदिवसिय खेलमा भने दुई खेल नेपालले जित्दा ३ खेल अमेरिकाको पक्षमा छ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को अंक तालिकामा नेपाल ४ खेलमा २ जितपश्चात् ४ अंकसहित छैंटौं स्थानमा छ। सात टिम रहेको लिग डिभिजन-२ मा ओमान १० खेलबाट १६ अंक जोड्दै पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको अमेरिकाको १० खेलबाट १० अंक नै छ।

लिग डिभिजन-२ मा रहेका ७ टिममध्ये प्रत्येक टिमले राउण्ड रोबिन लिगका आधारमा ९ सिरिजमार्फत ३६/३६ खेल खेल्नेछन्। यो लिग डिभिजन-२ बाट शीर्ष स्थानमा रहने ३ टिमले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल खेल्न पाउनेछन्।

२०२३ को एकदिवसीय विश्वकप भारतमा हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved