राष्ट्र बैंकमा २ सय अर्बका नयाँ नोट, सर्वसाधारणले ४ असोजदेखि पाउने

असोज ४ गतेपछि राष्ट्र बैंकका शाखा कार्यालयहरूमा गएर सर्वसाधारणले नोट सटही गर्न सक्नेछन्। वाणिज्य तथा विकास बैंकहरूले भने आफ्ना ग्राहकहरूका लागि अहिलेदेखि नै नयाँ नोट सटही गर्न शुरू गरिसकेका छन्।

नेपालभ्युज

राष्ट्र बैंकमा २ सय अर्बका नयाँ नोट, सर्वसाधारणले ४ असोजदेखि पाउने
फाइल तस्वीर

काठमाडौं। नेपाल राष्ट्र बैंकमा करिब २०० अर्ब रुपैयाँको नयाँ नोट छापिएर आएका छन्। बैंकको मुद्रा व्यवस्थापन शाखाका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार १५० अर्बको ५०० र एक हजार तथा ५० अर्बको सोभन्दा साना नयाँ नोट छापिएर आएका हुन्।

पर्याप्त नयाँ नोट उपलब्ध भएपछि राष्ट्र बैंकले दशैँ र तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ। अघिल्लो वर्ष कोभिड १९ का कारण डिजिटल भुक्तानीलाई नै प्रवर्द्वन गर्ने बताउँदै नयाँ नोट सटही नखोलेको केन्द्रीय बैंकले यस वर्ष १० अर्ब रुपैयाँसम्म नयाँ नोट सटहीको लक्ष्य राखेको छ।

राष्ट्र बैंकले यसअघि नै ३ अर्ब ६० करोड रुपैयाँको नयाँ नोट वाणिज्य तथा विकास बैंकहरूमा पठाइसकेको छ। वाणिज्यले ५ करोड र विकास बैंकले ३ करोडसम्मको नयाँ नोट साट्न पाउने केन्द्रीय बैंकको व्यवस्थाअनुसार बैंकहरूले नयाँ नोट लिएका हुन्।

असोज ४ गतेपछि राष्ट्र बैंकका शाखा कार्यालयहरूमा गएर सर्वसाधारणले नोट सटही गर्न सक्नेछन्। वाणिज्य तथा विकास बैंकहरूले भने आफ्ना ग्राहकहरूका लागि अहिलेदेखि नै नयाँ नोट सटही गर्न शुरू गरिसकेका छन्।

दशैँ र तिहारमा दक्षिणा तथा पूजाका लागि ठूलो मात्रा नयाँ नोटको माग हुने गरेको छ। सोहीअनुसार केन्द्रीय बैंकले प्रत्येक वर्ष नयाँ नोट बजारमा पठाउने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved