कोरोना अपडेट

९ सय ११ संक्रमित थपिए, १३ जनाको मृत्यु

नेपालभ्युज

९ सय ११ संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आइतबार थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको सात हजार आठ सय ७८ पीसीआर परीक्षणका क्रममा ८३८ जना र तीन हजार एक सय ४० एन्टीजेन परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ८ लाख ६८ हजार ८ सय ५७ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा १० हजार ९ सय ४९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

त्यस्तै थप १ हजार ४ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३९ हजार ४ सय ५७ जना कोरोनामुक्त भएका छन्। हालसम्म नेपालमा ४० लाख २२ हजार ६१ वटा पीसीआर र ५ लाख ११ हजार ९ सय ८१ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved