सभामुखले बोलाए सर्वदलीय बैठक

नेपालभ्युज

सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले भोलि (सोमबार) सर्वदलीय बैठक बोलाएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बारम्बार संसद् अवरोध गर्न थालेपछि सभामुख सापकोटाले भोलि दिउँसोका लागि सर्वदलीय बैठक बोलाएका हुन्। संसद्‍मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

एमालेले लगातार तीन वटा बैठक अवरुद्ध गरिसकेको छ। एमालेले आफ्ना १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै सदन अवरुद्ध गर्दै आएको हो।

उसले आफ्ना मागका विषयमा उचित जवाफ नदिएसम्म सदन चल्न नदिने अडान राख्दै आएको छ। सभामुख सापकोटाले भने सर्वोच्चमा विचाराधीन विषयलाई जवाफ दिन नमिल्ने भन्दै सदन खोल्न प्रतिपक्षलाई आग्रह गरिरहेका छन्।

एमालेको अवरोधबीच पनि सरकारले आर्थिक अध्यादेश, विनियोजन विधेयक र दल विभाजनसम्बन्धी अध्यादेश टेबल गराएको थियो। सदन अवरुद्ध भएसँगै सदनको कामकारबाही सहज ढंगबाट अघि बढ्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved