कार्यसूचीमै प्रवेश नगरी संसद् स्थगित

अर्को बैठक भदौ २९ गते

नेपाल भ्युज

कार्यसूचीमै प्रवेश नगरी संसद् स्थगित
फाइल तस्वीर

काठमाडौं । विषयसूचीमै प्रवेश नगरी प्रतिनिधिसभाको आजको बैठक सकिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण आज पनि संसद् चल्न नसकेको हो।

बैठक शुरु हुनासाथ एमाले सांसदहरूले रोष्ट्रम घेरेका थिए। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदहरूले निरन्तर संसद् अवरोध गरिरहेका थिए।

अवरोध हटाउन सभामुख अग्नि सापकोटाले एमालेसँग छलफल थाले पनि उनको प्रयासले सहमति जुट्न सकेन। दोस्रो बैठकमा पनि एमाले सांसदहरूको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गते १ बजे बस्नेगरी स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved