संखुवासभा हत्या प्रकरण

सामूहिक हत्याका अभियुक्तको बयान- ‘चिर्पटले हिर्काएर मारेँ’

नेपालभ्युज

सामूहिक हत्याका अभियुक्तको बयान- ‘चिर्पटले हिर्काएर मारेँ’
फाइल तस्वीर

काठमाडौं । संखुवासभामा एकै परिवारको ५ जनाको हत्या गर्ने अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। मादी नगरपालिका –१ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पारिवारको सामूहिक हत्याको अभियोगमा मृतक परिवारकै आफन्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलनमार्फत प्रहरीले मृतक तेजबहादुर कार्कीका भतिजा लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ।

अभियुक्त २६ वर्षीय लोकबहादुरले आफूले हत्या गरेको बयानका क्रममा स्वीकारेको प्रहरीले बताएको छ। लोकबहादुरले काका तेजबहादुरको परिवारलाई आफूले चिर्पटले हानेर मारेको स्वीकारेका प्रहरीले जनाएको छ।

गत सोमबार (२० भदौ) राति मादी १ खोलागाउँका ९० वर्षीय बौद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।

बोद्धमानकी पत्नी ८४ वर्षीया पार्वती कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी मनमाया कार्की, २८ वर्षीया बुहारी रन्जना कार्की, १० वर्षीय नाति विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved