संसद् बैठकमा एमालेको विरोध जारी रहने

नेपालभ्युज

संसद् बैठकमा एमालेको विरोध जारी रहने
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा विरोध जारी राख्ने भएको छ। पार्टी फुटाउनका लागि सरकार र सभामुख दुवैको साथ सहयोग रहेको आरोप लगाउँदै एमालेले चित्तबुझ्दो जवाफ माग गर्दै सदन अवरुद्ध गरिरहेको छ।

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले आफ्नो मागहरु पूरा नभएसम्म विरोध जारी रहने बताइन्। नेपाल भ्यूजसँग कुरा गर्दै चौधरीले तत्काल सदनमा जारी अवरोध रोक्ने विषयमा एमालेले निर्णय नगर्ने बताइन्।

एमालेले सदनमा उठाएका विषय तथा मागहरुमाथि सभामुख अग्निप्रसाद सापकोटाले चित्तबुझ्दो जवाफ नदिएकाले सदनको अवरोध जारी रहने चौधरीले बताइन्। एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाएर सभामुख सापकोटाले पदीय मर्यादाविपरीतको काम गरेकाले त्यसको उचित जवाफ चाहिने उनले बताइन्।

एमालेले आज मध्यान्हका लागि संसदीय दलको बैठक बोलाएको छ। आजको बैठकमा सदनमा जारी अवरोध, सरकारले पेलेर अघि बढेको तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved