एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म

नेपालभ्युज

एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म

काठमाडौं। नेकपा एमालेले पूर्वनिधारित विधान महाविधेशनको कार्यतालिका संशोधन गरेको छ । तयारी नपुगेको भन्दै एमालेले विधान महाधिवेशनको कार्यतालिका संशोधन गरेको हो।

शनिबार ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता सारेको हो। नयाँ तालिकाअनुसार विधान महाधिवेशन असोज १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

महाविधेशनमा पेस गर्ने प्रस्तावको तयारी गर्नुपर्ने भएकाले केही दिन बैठक सारिएको भट्टराईले बताए। त्यस्तै बैठकले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको पनि टुंगो लगाएको छ।

राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै विभिन्न तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको भट्टराईले जानकारी दिए। विधान महाधिवेशनको तयारीका लागि असोज ३ र ४ गते स्थायी कमिटी तथा असोज ८ र ९ गते केन्द्रीय समिति बस्ने उनले बताए।

बैठकले सरकारले बलमिच्याईं गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ। पूर्वसूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात् र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर रहेको भट्टराईले बताए।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै एमालेको बिमति रहेको उनले बताए। बैठकले संसदीय मूल्यमान्यताका आधारमा सभामुखको भूमिकाविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बताए।

स्थायी कमिटी बैठकले विभिन्न विषयमा शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यपक्षले धरपकड गर्ने काम गरेको भन्दै निन्दा पनि गरेको छ । बैठकले विरोध प्रदर्शनमा उत्रिएकालाई पनि आफ्ना विषयबस्तुलाई मर्यादित ढंगले प्रस्तुत गर्न अपिल गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved