ओली र ठाकुरको गठबन्धन दक्षिणपन्थी – माधव नेपाल

'एमसीसी देशको हितमा भए मात्र अघि बढाइन्छ'

नेपालभ्युज

ओली र ठाकुरको गठबन्धन दक्षिणपन्थी – माधव नेपाल
फाइल तस्वीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन्।

युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स भोलेन्टियर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सबै उपलब्धिलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप लगाए।

आफूहरूको गठबन्धन मुलुक निर्माणका लागि भएको उनको दाबी थियो। एमाले अध्यक्ष ओलीप्रति आक्रमक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए।

एमालेलाई ओलीले निजी कम्पनीको रूपमा परिणत गरेका पनि उनले आरोप लगाए। त्यस्तै उनले एमसीसी नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने बताए। एमसीसीका प्रतिनिधिसँगको भेटमा उनले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ/छैन भन्ने आफूले प्रश्न गरेको उनले त्यहाँ सुनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved